२०८३ बैशाख ३ गते , विहीबार

भुटानी शरणार्थी शिविरभित्र ब्राउन सुगर बेच्न जाने पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ माघ १८ गते , आईतबार
भुटानी शरणार्थी शिविरभित्र ब्राउन सुगर बेच्न जाने पक्राउ

झापा । भुटानी शरणार्थी शिविरबाट लागु औषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।  दमक ३ स्थित भुटानी शरणार्थी शिविरबाट पक्राउ पर्नेमा इलाम चुलाचुली ३ का ३८ वर्षीय यम बहादुर थाम्सुहाङ रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार थाम्सुहाङले शिविर भित्र प्रवेश गरी ब्राउनसुगर बेचबिखन गरिरहेको विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकले उनलाई १ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर र नगद १९ हजार २५ रुपैयाँसहित पक्राउ गरेको जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय दमकबाटै खटिएको प्रहरी टोलीले दमक ५ स्थित अनाम टोलबाट ब्राउन सुगरसहित दमक १ का २६ वर्षीय गगन लिम्बु योङयालाई पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट ३ ग्राम ब्राउनसुगर बरामद गरेको छ । यता पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार