२०८३ बैशाख ३ गते , विहीबार
भद्रपुरमा लागु औषधसहित दुई जना पक्राउ
भद्रपुर । भद्रपुरमा लागु औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका १२ बस्ने २६ वर्षीय विकास परियार र सोही ठाउँका २८ वर्षीय शरण राई रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई भद्रपुर नगरपालिका ५ नरसिंह बगानबाट वडा प्रहरी कार्यालय भद्रपुरले पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट प्रतिबन्धित लागु औषध डाईजेपाम १८ एम्पुल, बुप्रेनरफिन १८ एम्पुल र फेनारगन १८ एम्पुल बरामद गरेको हो । ५४ एम्पुल प्रतिबन्धित लागु औषध पक्राउ उनीहरूलाई झापा जिल्ला अदालत झापाबाट म्याद थप गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाइसकेको प्रहरीले जनाएको छ ।