२०८३ बैशाख ३ गते , विहीबार
भारतबाट अवैध रुपमा भित्राएका ५ क्विन्टल विषादीयुक्त माछा नष्ट
झापा । भारतीय बजारबाट नेपाल भित्राइएको विषादीयुक्त माछा नष्ट गरिएको छ । गौरीगंज नाकाबाट लुकाइछिपाई भित्राइएको विषादीयुक्त माछा गौरीगञ्ज बजारमा बेच्न राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरिएको हो । गौरीगंज गाउँपालिका ३ का अध्यक्ष तथा गौरीगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष मखना महतोको अगुवाइमा इलाका प्रहरी कार्यालय गौरीगंजको टोलीले करिब ५ क्विन्टल कुहिन लागेको विषादीयुक्त माछा खाडल खनेर नष्ट गरेको हो । कुहिन लागेको उक्त माछा बजारमा बेच्न राखेको खबर पाएपछि वडा अध्यक्ष महतो सहित प्रहरीको टोली घटनास्थल पुगेर माछा जफत गरेका थिए ।