२०८३ बैशाख ३ गते , विहीबार

बन्दकर्ताले जलाए ट्याक्सी, ६० जना कार्यकर्ता पक्राउ

sajilo news
पार्थ मण्डल
२०७७ माघ २२ गते , विहीबार
बन्दकर्ताले जलाए ट्याक्सी, ६० जना कार्यकर्ता पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबूमा प्रदर्शनकारीले पार्किङ गरेर राखिएको ट्याक्सी जलाएका छन् । महानगरीय प्रहरी परिसरका अनुसार प्रदर्शनकारीहरुले प्रदेश नम्बर ३-०१-००२ ज ५८८१ नम्बरको ट्याक्सी जलाएका हुन् । प्रहरीका अनुसार प्रदर्शनकारी दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन् । आगजनी गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बिहान ७ बजेसम्म बन्द गराउँदै हिँडेका दाहाल नेपाल समूहका ६० जना कार्यकर्ताहरुलाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेका थिए ।  

सम्बन्धित समाचार