२०८३ बैशाख ३ गते , विहीबार

खेत खन्दा उर्लाबारीमा भेटियो १८५ राउन्ड गोली

sajilo news
पार्थ मण्डल
२०७७ माघ २२ गते , विहीबार
खेत खन्दा उर्लाबारीमा भेटियो १८५ राउन्ड गोली

उर्लाबारी । प्रहरीले मोरङ उर्लाबारीबाट एक सय ८५ राउन्ड गोली बरामद गरेको छ। उर्लाबारी नगरपालिका(१ लक्ष्मीझारका दलबहादुर लिम्बुको घरभन्दा ५ मिटर दक्षिणमा रहेको खेतबारीबाट गोली बरामद भएको हो।

बुधबार दिउँसो ३ बजे खेतबाट कालो रंगको प्लाष्टिकमा पोको पारिएको अवस्थामा गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले बताए। सोही ठाउँका ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा गोली भेटाएको हो। गोली भेटिएपछि उनले प्रहरीलाई खबर गरेका थिए। 

डिएसपी राईका अनुसार ७।६२ एमएमको एक सय ८५ राउन्ड गोली बरामद गरेको हो। उक्त गोली एसएलआर बन्दुकमा प्रयोग हुने उनले बताए। धेरै अगाडि नै गाडेको हुनुपर्छ, खेत खन्दा भेटियो,ु डिएसपी राईले भने। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले सो गोली बरामद गरेको हो। प्रहरीले गोली कसले राख्यो भन्नेबारे अनुसन्धान गरिरहेको छ। सेतोपाटीबाट

सम्बन्धित समाचार