बन्दले झापासहित देशभरको जनजीवन प्रभावित, कतै तोडफोड, कतै आगजनी
झापा । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहले घोषणा गरेको आम हड्तालको कारण बिहानैदेखि झापासहित देशभरको जनजीवन प्रभावित भएको छ । लामो समयपछि ठूलो राजनीतिक दलले यसरी बन्दको घोषणा गरेकाले झापामा सुरक्षा ब्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । शान्तिपूर्ण आन्दोलन गर्ने समूहलाई केही नगर्ने तर तोडफोड, आगजनी अवरोध गरे तत्कालै नियन्त्रणमा लिने सुरक्षाा रणनीति देखिएको छ। बन्दका कारण बिहानैदेपख झापामा सवारी साधन ठप्प रहेका छन् । बन्दका कारण बिर्तामोड, कांकरभिट्टा, दमक, भद्रपुर लगायतका शहरहरु ठप्प रहेका छन् ।
बिहानैदेखि सार्वजनिक सवारी साधनन चलेका छैनन्। मानिस हिँडेर नै गन्तब्यतिर लागेका देखिन्छन्। ठाउँ ठाउँमा प्रर्दशनकारी भेला भएर नाराबाजी गरेका छन्। मानिस भेला भएर शान्तिपूर्ण नाराबाजी गर्नेलाई प्रहरीले नियालेर मात्र बसेको देखिन्छ / उता आज बिहानै काठमाडौं गोंगबुमा ट्याक्सी जलाइएको छ। अज्ञात समूहले प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन्। 'गोंगबुको टाउन पछाडि रोकेर राखेको ट्याक्सी जलाइएको हो। साढे पाँच बजेतिर घटना लगत्तै तत्कालै प्रहरी पुगेर आगो निभाएको थियो। प्रहरीले बन्द गराउँदै हिडेका ५६ जनालाई नियन्त्रणमा लिएको छ। शंकास्पद मानिसलाई भने प्रहरीले नियन्त्रणमा लिएको हो। यता नेकपा प्रचण्ड –माधव समूहले आज गरेको देशव्यापी आमहड्तालको प्रभाव विराटनगरमा पनि परेको छ। प्रतिनिधिसभा ९संसद० विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल समूहले सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको विरोधमा हड्तालको आह्वान गरेको हो।
हड्ताल सफल बनाउन भन्दै बिहानैदेखि विराटनगरको सडकमा निस्किएका बन्दकर्ताहरु ठाउँठाउँमा बन्द गराउँदै हिँडिरहेका छन्। विराटनगरको बरगाछी, शनिमन्दिर लगायतका स्थानमा बन्दकर्ता समूह–समूह बनाएर सडकमा निस्किएका छन्। भने विराटनगरको शनिमन्दिरमा बन्दकर्ताले टायर बालेर प्रदर्शन गरेका छन्। बन्दकर्ताहरुले कतिपय स्थानमा सवारीसाधन तोडफोडको प्रयास पनि गरेको प्रहरीले जनाएको छ।