२०८३ बैशाख ३ गते , विहीबार

प्रदेश १ मा ८ गाडी तोडफोड, नौ बन्दकर्ता पक्राउ 

sajilo news
पार्थ मण्डल
२०७७ माघ २२ गते , विहीबार
प्रदेश १ मा ८  गाडी तोडफोड, नौ बन्दकर्ता पक्राउ 

झापा । नेकपा प्रचण्ड नेपाल समूहले बिहीबार आयोजना गरेको आमहड्तालका क्रममा प्रदेश १  का चार जिल्लामा ८ वटा सवारीसाधन तोडफोड भएको छ। 
नौ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ पनि गरेको छ। १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार मोरङमा ३, सुनसरीमा ३, झापा र इलाममा १/१ गरी ८ वटा सवारीसाधन तोडफोड भएको छ। त्यस्तै, मोरङमा ६ र सुनसरीमा तीन जना आन्दोलनकारी पक्राउ परेका हुन्। बन्दकर्ताहरूले प्रदेश-१ को राजधानी विराटनगरमामात्र तीन वटा सवारी साधन तोडफोड गरेका छन्। 

विराटनगरको रोडशेषचौकमा बिहान भारतीय नम्बर प्लेटको सवारीसाधन तोडफोड गरेका हुन्। रानी(विराटनगर सडक खण्डअन्तर्गत दक्षिणदेखि विराटनगरतर्फ आउँदै गरेको १० सिजेएच ४४४ नम्बरको स्कारपियो गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ। 

बन्दकर्ताले तोडफोड गरेको उक्त गाडी आइसीपी निर्माण कम्पनीको हो।  यस्तै, विराटनगर २ तीनपैनीस्थित बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड भयो। तीनपैनी चौक अगाडि सरकारी गाडी तोडफोड भएपछि मोरङ प्रहरीले नेकपा मोरङको पार्टी कार्यालय अगाडिदेखि मोरङ जिल्ला संघर्ष समितिका सह(संयोजक पारुल क्षेत्रीसहित ६ जनालाई  नियन्त्रणमा लिएको थियो। सेतोपाटीबाट

सम्बन्धित समाचार