राप्रपा भद्रपुरको अध्यक्षमा पुनः राधा कार्की
भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भद्रपुर नगर समितिको अध्यक्षमा पुनः राधा कार्की निर्विरोध चयन भएकी छिन् । भद्रपुरमा शनिवार सम्पन्न राप्रपा नगर समितिको पार्टी एकता अधिवेशनले आगामी ५ वर्षीय कार्यकालका कार्कीलाई पुनः नगर अध्यक्षमा चयन गरेका हुन ।
नगर समितिको सदस्यहरूमा नवराज पनेरु, सीता लम्साल, अभिषेक ढुङ्गाना, डम्बर बर्मा, झुमा दाहाल, कृष्ण सुब्बा, पूर्णबहादुर राना मगर, महेन्द्र लावती, लीला घिमिरे, कमल शर्मा, कुसुम भट्टराई, टेकमान लिम्बु, कृष्णबहादुर लिम्बु, बाबुराम पराजुली, सीता गुरुङ, दीपा लिम्बु, चन्द्रप्रसाद बिमली, प्रकाश राई, अम्बिका पोखरेल, गोपाल गिरी, सदिना थापा, सदिन मगर, निमलाल गणेश, ऋषि नेपाल, शोभा ठटाल, पुनम सुब्बा, रञ्जित राजवंशी, देवेन्द्र पोखरेल, शिवकुमार भण्डारी, सुवास खेवा रहेका छन् ।
त्यस्तै चन्द्रकान्त दाहाल, नारायण कोइराला, बुद्धिमान तामाङ, गीता मेचे, शिवलाल गिरी, बुद्धि भण्डारी, उमा गौतम, नदिन श्रेष्ठ, पुनम राजवंशी, राम गिरी, कल्पना विक, अशोक राजवंशी, कुन्ता राई, विमल चिमरीया, रमेश न्यौपाने, तीर्थ कुमारी दाहाल, अनिरुद्ध सिटौला, राजकुमार राई, सविन राई, यादव सुनुवार, माया केसी, हरि निरौला, प्रेम पराजुली, गजमान सुनदास, मदन खतिवडा, मणिराम न्यौपाने, दीपक रायमाझी, कुमार न्यौपाने, भोला रिजाल, नवराज घिमिरे, कवीन्द्रप्रकाश दाहाल रहेका छन् । सदस्य चुनिएका मध्येबाटै नगर समितिका बाँकी बोर्ड पदाधिकारीहरू चयन गरिने जनाइएको छ ।
त्यसैगरी राप्रपा वडा नम्बर १ का अध्यक्षमा शङ्कर लिम्बु, २ का अध्यक्षमा डम्बर लिवाङ्ग, ३ का अध्यक्षमा पुष्प बस्नेत, ४ का अध्यक्षमा शङ्कर रिजाल, ५ का अध्यक्षमा देवु घिमिरे, ६ का अध्यक्षमा जीवन विष्ट, ७ का अध्यक्षमा पूर्णबहादुर गिरी, ८ का अध्यक्षमा गणेश लिम्बु, ९ का अध्यक्षमा ईश्वरी रिजाल र १० का अध्यक्षमा वेणु लावतीलाई निर्विरोध चयन गरेका छन् ।
राप्रपाका नगर अध्यक्ष राधा कार्कीको अध्यक्षता तथा राप्रपाका नेता राजेन्द्रप्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य भक्ति सिटौला, केन्द्रीय सदस्य देवीरमण भट्टराई, सुशिला बस्नेत, प्रदेश सदस्य महेन्द्र लावती, जिल्ला सचिव केशव ओझा, जिल्ला सदस्य तथा हल्दिवारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्गदेन लगायतले शुभकामना मन्तव्य राखेका थिए । राप्रपाका ३ नम्बर क्षेत्रीय अध्यक्ष नवराज पनेरुले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नगर सचिव कुसुम भट्टराईले गरेका थिए । साथै सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई दर्जन बढीले राप्रपामा प्रवेश गरेका थिए ।