२०८३ बैशाख ३ गते , विहीबार

भद्रपुर, बिर्तामोड र गौरादहका चार जनामा कोरोना संक्रमण

sajilo news
पार्थ मण्डल
२०७७ चैत्र २७ गते , शुक्रबार
भद्रपुर, बिर्तामोड र गौरादहका चार जनामा कोरोना संक्रमण

झापा । प्रदेश १ मा दिनानुदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । आज मात्रै प्रदेश १ मा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा यो साता भरीमा सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार आज थपिएकामा सबै भन्दा धेरै मोरङको विराटनगर महानगरपालिकामा कोरोना सङ्क्रमित भेटिएका छन् ।

विराटनगर महानगरपालिकामा ४ महिला ९ पुरुष गरी १३ जना, सुनसरीको बराहक्षेत्र नगरपालिकामा १ जना महिला, झापाको गौरदह नगरपालिकामा १ जना पुरुष, बिर्तामोड नगरपालिकामा २ जना महिला र १ जना पुरुष, भद्रपुर नगरपालिकामा १ जना पुरुष र प्रदेश १ बाहिरका १ जना पुरुष सहित ७ महिला १३ पुरुष गरी प्रदेश १ मा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिले सम्म प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २९,३४९ पुगेको छ भने डिस्चार्ज हुनेको सङ्ख्या २८,८२१ रहेको छ । मृत्यु हुनेको कुल सङ्ख्या ४३६ पुगेको छ । यसै गरी अहिले पछिल्लो समय आइसोलेसनमा ९२ जना रहेका छन् ।

सम्बन्धित समाचार