२०८३ बैशाख ३ गते , विहीबार
झापामा एक कोरोना संक्रमित वृद्धको मृत्यु
झापा । झापा दमकका एक जना कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । उनको आइतबार राती विराटनगरको कोशी अस्पताल कोभिड– १९ उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि ती ९२ बर्षिय वृद्धलाई गत चैत २५ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरेका थिए ।
उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतका अनुसार चिनी रोगी संक्रमित वृद्धको उपचारका क्रममा राति करिब १२ बजे तिर मृत्यु भएको छ । त्यहाँ उनीसहित उनका अन्य चार जना आफन्त पनि अस्पताल भर्ना भएका थिए ।