भारतमा कोरोना बढिरहेको छ, नाकामा कडाइ गर्नुपर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा बढिरहेको कोरोना भाइरसको कारणले सीमा नाकालाई कडाइका साथ हेरिनुपर्ने अवस्था आएको बताए।
मीनभवनमा मेरो कित्ता प्रणालीहरूको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतमा कोरोनाका बढिरहेको छ। सीमा नाकालाई कडाइको साथ हेर्नुपर्छ। हामीले कोरोनाको भ्याक्सिन ल्याएका छौँ। लगाउने क्रममा पनि चलिरहेको छ। तर, हाम्रोमा हिजो ६ सयमा कोरोना देखिएको छ। त्यसलाई रोक्नको लागि सबैले साथ दिनुपर्छ।’
नेपाल क्षेत्रमा हरेक दिन एक पाइला अगाडि रहेको दाबी गरे। अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रको रूपमा सिफारिस भइसकेको समेत बताए। २०३० भन्दा अगाडि नेपाल समृद्ध मुलुक भइसक्ने बताए।
काममा कसैले ढिलासुस्ती गर्ने कामलाई स्वीकार्य हुन नसक्ने बताए। ‘तीव्र रूपमा विकासको कामलाई अगाडि बढाउँछौँ। तर, त्यसमा आएको अवरोधविरुद्ध हामी दरो भएर लाग्नुपर्छ’ उनले भने। थाहाखबरबाट