२०८३ बैशाख ४ गते , शुक्रबार

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ३ गते , शुक्रबार
प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक 

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्। शनिबार ९भोली० विहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

उनका अनुसार बैठकमा समसामयिक राजनीति, संसद अधिवेशन, कोरोना भाइरसको महामारीलगायतका विषयमा छलफल गर्ने तयारी छ ।  त्यहि क्रममा प्रधानमन्त्री ओलीले शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए।

शुक्रबारै दिउँसो ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा आयोजित एक कार्यक्रममा प्रचण्डले आफूलाई धेरैपछि प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको बताएका थिए। 
 

सम्बन्धित समाचार