२०८३ बैशाख ३ गते , विहीबार

प्रधानमन्त्री ओलीले डाकेको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ४ गते , शनिबार
प्रधानमन्त्री ओलीले डाकेको सर्वदलीय बैठकमा प्रचण्ड नजाने

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलीय बैठकमा माओवादी केन्द्रका नेताहरु सहभागी नहुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा अध्यक्ष प्रचण्ड सहभागी नहुने उनको सचिवालयले जनाएको छ।

ओलीले शुक्रवार प्रचण्डलाई टेलिफोन गरेर सर्वदलीय बैठकमा बोलाएका थिए। प्रतिनिधिसभामा सहभागी सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ। समसामयिक विषयमा छलफल गर्न आयोजित बैठकमा प्रचण्ड सहभागी नहुने बताइएको छ।

सम्बन्धित समाचार