२०८३ बैशाख ३ गते , विहीबार
डियुटीमा खटिएका प्रहरी माथि छुरा प्रहार, दुई जना पक्राउ
झापा । डियुटीमा खटिएका प्रहरी माथि छुरा प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १३ का २१ वर्षीय रञ्जित तामाङ र धरान १५ का १९ वर्षीय राम परियार रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उनीहरूले धरान १५ स्थित बजार सुरक्षार्थमा खटिएका अस्थायी प्रहरी चौकीका प्रहरी हवलदार विजय यादवलाई चेक गर्ने क्रममा बिहीबार छुरी प्रहार गरेको प्रहरीले जनाएको छ । हवलदार यादव प्रहरीको सेफटी पालन गरेको हुनाले घाइते भने बनेका छैनन् । छुरा प्रहार गर्ने दुबैजनालाई सुनसरी जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान गरेको धरान प्रहरीले जनाएको छ ।