२०८३ बैशाख ३ गते , विहीबार

कोरोना : पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ७ गते , मंगलबार
कोरोना : पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु 

झापा । पछिल्लो २४ घन्टामा देशभर १ हजार ७ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ८ हजार ५५ जनामा गरिएको पिसिआर परीक्षणमा १ हजार ६ सय ६७  जना  र  ६ सय ८३ जनामा गरिएको एन्टिजेन प​परीक्षणमा ६९ जना गरी जम्मा १ हजार ७ सय ३६ जना नयाँ संक्रमित भेटिएका हुन्।

 यस्तै आज एकैदिन ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १ सय २ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

२ सय ५१ जना संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ। हाल देशभर ९२ जना क्वारेन्टाइनमा रहेको र देशभर ८ हजार ६ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।

सम्बन्धित समाचार