२०८३ बैशाख ३ गते , विहीबार
बजारमा एक हजारको नक्कली नोट! कारोबार गर्ने तीन जना पक्राउ
झापा । सुनसरी इनरुवा नगरपालिका ४ स्टार होटेल अगाडीबाट मङ्गलवार साँझ नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १९ का ६६ वर्षीय टेक बहादुर तामाङ, हरिनगर २ का २४ वर्षीय नजिम साफी र धरान १७ का महेन्द्र तामाङ रहेको प्रहरीले जनाएको छ ।
नक्कली नोटको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथबाट नेपाली नक्कली नोट १ हजार दरका ४ सय १५ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
नक्कली नोट सहित पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ मुद्रा सम्बन्धी कसुर अन्तरगत मुद्दा दर्ता गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।