२०८३ बैशाख ३ गते , विहीबार
अवैध सुनको कारोबार गर्ने एक पक्राउ
झापा । सुनसरीको इटहरी–१६ घर भई हाल इटहरी ६, कालिका गोल्ड एन्ड सिलभर हाउसका सञ्चालक २८ वर्षीय शेखराज घिमिरेलाई अवैध सुनको टिल सहित पक्राउ गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले उनलाई इटहरी ६ स्थित विराटनगर लाइनबाट हिँडिरहेको अवस्थामा सुनको टिल १९५।४७० ग्राम, नगद एक लाख ५८ हजार सहित पक्राउ गरेको हो ।
घिमिरे अवैध तवरले सुन खरिद गरी बिक्री वितरण गर्न हिँडेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनलाई बरामद गरेको सुन सहित आवश्यक कारबाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा बुझाएको प्रहरीले जनाएको छ ।