२०८३ बैशाख ३ गते , विहीबार

राप्रपाका तीन केन्द्रीय सदस्य एमालेमा प्रवेश

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ९ गते , विहीबार
राप्रपाका तीन केन्द्रीय सदस्य एमालेमा प्रवेश

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य रहेका लुम्बिनी प्रदेशका तीन जना नेताहरु बुधबार नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देहीका नेता राजेन्द्र पाण्डे, अर्घाखाँचीका नेता एवं केन्द्रीय सदस्य नारायण आचार्य तथा रुपन्देहीकै अर्का नेता एवं केन्द्रीय सदस्य नवीन पौडेल हुनुहुन्छ ।

तीन जना नेताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानी मन्त्री मणिराज थापाले पार्टीमा स्वागत गरेका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले तीन जना नेताहरुले नेकपा एमालेको सांगठनिक जीवनमा उल्लेख्य भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

सम्बन्धित समाचार