२०८३ बैशाख ३ गते , विहीबार

देशभर आज थपिए २५ सय ५९ जना कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १० गते , शुक्रबार
देशभर आज थपिए २५ सय ५९ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार ७ सय ९८ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ४ सय ४९ जना  र ८ सय ६६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ सय १० जना गरी जम्मा  २ हजार ५ सय ५९ जना नयाँ संक्रमित भेटिएका हुन्।

यस्तै, आज ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। हालसम्म  ३ हजार १ सय २२ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।  भने आज ४ सय १० जनाले कोरोनालाई जितेर घर फर्किएको मन्त्रालयले जनाएको छ। हाल देशभर ७५ जना क्वारेन्टाइनमा रहेको र देशभर १४ हजार ७ सय २४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार