२०८३ बैशाख ४ गते , शुक्रबार

दमकमा अखिल महिला सङ्घ क्रान्तिकारी गठन

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १० गते , शुक्रबार
दमकमा अखिल महिला सङ्घ क्रान्तिकारी गठन

झापा । दमक १ निवासी सङ्गीता सेरेङ (इक्सा)को अध्यक्षतामा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी ) दमक नगर कमिटी गठन भएको छ । माओवादी नेतृ धर्मशीला चापागाईँको प्रमुख आतिथ्यमा शुक्रवार पार्टी कार्यालय बालुवाटारमा सम्पन्न नगर स्तरीय भेलाले सेरेङको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

कमिटीको सदस्यहरूमा तारा राई ,एलिसा बर्देवा , पुष्पा लिम्बू , समिरा पोख्रेल , सुषमा अधिकारी , शान्ति धिमाल ,कल्पना तामाङ घिमिरे , हिमा श्रेष्ठ , देवी आङदेम्वे, सरस्वती नेपाल ,विष्णु धिमाल ,अणिमा तामाङ , बिन्दु सिटौला लक्की, गोमा ढकाल , तारा राई, छमिला तामाङ , मिरा गौतम ,शशिकला बन्जारा रहेका छन् ।

त्यस्तै सानु बस्नेत ,विमला बिक, रूपमणि राई, सरूँ कार्की , कमला राई, वन्दना लिम , लीला राय, कुमारी धिमाल ,विनीता फुयाँल , सपना कालिकोटे र अनिता मल्लिक सदस्य चुनिएको सो पार्टी जनाएको छ । नेकपाबाट माओवादी केन्द्र र नेकपा एमाले अलगअलग भएपछि ती पार्टीहरूले आफ्ना जन वर्गीय सङ्गठनहरूको समेत पुनर्गठन गर्दै आएका छन् ।

सम्बन्धित समाचार