२०८३ बैशाख ३ गते , विहीबार
झापामा ब्राउन सुगरसहित एक जना पक्राउ
झापा । झापा अर्जुनधारा नगरपालिका –८ का १९ वर्षीय राहुल राजवंशीलाई प्रहरीले लागू औषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । शुक्रवार बेलुका सवा ४ बजे लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर – ६ पिंकी ठ्याकबाट राजवंशीलाई २ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।