२०८३ बैशाख ३ गते , विहीबार

सशस्त्र प्रहरीद्धारा भद्रपुरमा लागु औषधसहित एक युवक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख ११ गते , शनिबार
सशस्त्र प्रहरीद्धारा भद्रपुरमा लागु औषधसहित एक युवक पक्राउ

भद्रपुर । सशस्त्र प्रहरी झापाको भद्रपुर नाकाबाट प्रतिबन्धित लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा उप महानगरपालिका १७ हाल दमक नगरपालिका ८ स्थित वसन्त टोल बस्ने ३४ वर्षीय सन्तोष थापा रहेको सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट भद्रपुरमा प्रहरी निरीक्षक विभुराज दाहालले जानकारी दिए ।

उनका अनुसार भारतको गलगलियाबाट भद्रपुर तर्फ आइरहेको उनलाई सशस्त्र प्रहरीले चेकजाँच गर्दा २६ एम्पुल लुपिजेसीक, २७ एम्पुल डाइजापाम र २७ एम्पुल फिनारगन लागु औषध ट्याब्लेट बरामद गरिएको हो । लागु औषधसहित पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरीलाई जिम्मा लगाइसकेको उनले बताए ।

दोस्रो लहरको कोरोना संक्रमणको महामारी फैलिएसँगै बिओपी भद्रपुरले सीमा नाका भद्रपुरमा कडाइ गरेको छ । भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने दुवै देशका नागरिकलाई आवतजावतमा कडाइ गरिएको उनले बताए । 

सम्बन्धित समाचार