२०८३ बैशाख ३ गते , विहीबार

आइपिएल क्रिकेट : सट्टेबाजी गराउने गिरोह झापामा सक्रिय, काठमाडौंमा ११ जना पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १३ गते , सोमबार
आइपिएल क्रिकेट : सट्टेबाजी गराउने गिरोह झापामा सक्रिय, काठमाडौंमा ११ जना पक्राउ

झापा । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को सट्टेबाजी गराउने गिरोह झापासहित देशभर सक्रिय बनेका छन् । गिरोहका व्यक्तिले सट्टेबाजी खेलाए वापत कमिशनको रकम लिने गरेको र बाँकी रकम भारत पठाउँदै आएको छ । यसैक्रममा सट्टेबाजी गराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट ११ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा भारतको हिमाञ्चल घर भएका सुशील जेष्टा,राजस्थान घर भएका पवन कुमार शर्मा, भारत बिहारका बिक्रम कुमार जैसवाल र अंकितकुमार कलवार छन् ।  राजस्थान घर भएका सूचित अग्रवाल, बिहार घर भएका मुकेश जैसवाल, कैलालीका अशोक सिंह, रौतहट घर भएका राहुलकुमार जैसवाल, विराटनगरका सन्दिपकुमार मण्डल, काभ्रेपलाञ्चोकका राजु थापा र धादिङका सन्तोष खतिवडालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । महाशाखाको टोलीले ठमेल र ज्याठा लगायतका पाँच ठाउँबाट आरोपीहरुलाई पक्राउ गरेको हो । उनीहरुले मोवाइल मार्फत ह्वाट्स एपको सहायताले सट्टेबाजी गराएर करोडौंका हार जित गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

सम्बन्धित समाचार