२०८३ बैशाख ३ गते , विहीबार
झापाको गौरीगंजमा एक साता लकडाउन
झापा । झापाको गौरीगंज गाउँपालिका वडा नम्बर १ मा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको भन्दै वडा कार्यालयले लकडाउन गर्ने निर्णय गरेको छ । वडाध्यक्ष कार्तिकलाल राजवंशीको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले वैशाख २० गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
वडा नम्बर १ मा ७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडा कार्यालयले आपतकालिन बैठक बोलाएको थियो । उक्त अवधिसम्म अत्यावश्यक खाद्यान्न र औषधि दिउँसो ३ बजेदेखि ६ बजेसम्म किन्न पाउने र स्थानीय बजारहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष राजवंशीले जानकारी दिए । भारतसँग सिमाना जोडिएको वडा भएकाले बढ्दो संक्रमणको जोखिमलाई मध्यनजर गरी सीमामा आवतजावत पूर्ण रूपमा रोक लगाइएको राजवंशीले बताए ।