२०८३ बैशाख ३ गते , विहीबार

पेस्तोल र गोलीसहित एक पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १४ गते , मंगलबार
पेस्तोल र गोलीसहित एक पक्राउ

झापा । मोरङको विराटनगर महानगरपालिका ७ बाट पेस्तोल सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका १७ घर भई उक्त स्थानमा आरएम टेडर्स हार्डवेयर पसलका सञ्चालक २३ वर्षीय सुजित साह रहेका छन् ।

आइतबार राती ८ बजेको समयमा राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरी तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा साहले लुकाई छिपाई राखेको एक थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने २ राउन्ड गोली बरामद गरेको थियो । गोली र पेस्तोल सहित पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार