२०८३ बैशाख ४ गते , शुक्रबार

नेपालमा पनि भयावह रुप लिँदै कोरोना : एकै दिन ३५ जनाको मृत्यु, थपिए करिब ५ हजार संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १६ गते , विहीबार
नेपालमा पनि भयावह रुप लिँदै कोरोना : एकै दिन ३५ जनाको मृत्यु, थपिए करिब ५ हजार संक्रमित

झापा ।  पछिल्लो समय पुनः फैलिँदै गएको कोरोना संक्रमणले भयावह रूप लिन थालेको छ। पछिल्लो २४ घण्टमा मात्र ३५ संक्रमितको मृत्यु भएको छ। 
यो समयमा १२ हजार ५ सय ९७ जनामा गरिएको पिसिआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ जनामा एन्टिजेन परीक्षण गर्दा ९७ जनामा गरी जम्मा ४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि पनि भएको छ।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८८ जनाले कोरोना जितेसँगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ८० हजार १६७ जना पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार २ सय ४६ जनाको मृत्यु भइसकेको छ।
हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ को पिसिआर परीक्षण भएको छ । सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार १ सय १७ छ भने ५९ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार