२०८३ बैशाख २४ गते , विहीबार

विराटनगरमा शनिबार मध्यरातीदेखि निषेधाज्ञा 

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १७ गते , शुक्रबार
विराटनगरमा शनिबार मध्यरातीदेखि निषेधाज्ञा 

झापा । विराटनगर महानगरपालिकामा निषेधाज्ञा जारी भएको छ । शनिबार राति १२ बजेबाट लागु हुनेगरी निषेधाज्ञा जारी भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी भएको हो । उनका अनुसार निषेधाज्ञाको अवधि एक साताको हुनेछ ।

शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने र निषेधित क्षेत्रमा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय भएको उनले बताए । अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्मका लागि खोल्न दिने निर्णय भएको जानकारी दिए ।

सम्बन्धित समाचार