२०८३ बैशाख ४ गते , शुक्रबार
पछिल्लो १४ घण्टामा थप ५७ सय ६३ जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु
झापा । देशभर पछिल्लो १४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस संक्रमणका नयाँ बिरामी थपिएका छन् । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ । नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।