२०८३ बैशाख ४ गते , शुक्रबार

भद्रपुरका २४ सहित झापामा शनिबार थपिए ७२ जना कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १८ गते , शनिबार
भद्रपुरका २४ सहित झापामा शनिबार थपिए ७२ जना कोरोना संक्रमित

झापा  । भद्रपुरका २४ सहित झापामा शनिवार ७२ जना कोरोना भाइरस संक्रमणका नयाँ बिरामी थपिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार त्यसमा ३७ महिला र ३५ पुरुष रहेका छन् । जिल्लामा दोस्रो लहरको कोरोना संक्रमित संख्या थपिँदै आएको मध्ये भद्रपुरमा पहिलो पटक यति धेरै संक्रमित एकैपटक थपिएको हो । भद्रपुरमा ११ महिलासहित २४ जनामा कोरोना पुष्टि भएको छ । 

त्यस्तै बिर्तामोडमा ५ महिलासहित १० जना, गौरादह २ महिलासहित ४ जना, मेचीनगरमा ४ महिलासहित ७ जना, कनकाईमा ५ महिलासहित ७ जना, हल्दिबारीमा १ महिलासहित २ जना, अर्जुनधारामा ४ महिलासहित ८ जना, बुद्वशान्तिमा २ महिलासहित ३ जना, गौरीगञ्जमा १ जना पुरुष, कचनकवलमा १ जना पुरुष र शिवसताक्षीमा १ जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । योसँगै झापामा संक्रमितको संख्या ५०७३, डिस्चार्ज ४५२९, आइसोलेसनमा ४१० जना, कुल संक्रमित एन्टिजेन ६५ जना र मृत्यु हुनेको संख्या १३४ जना पुगेको उनले बताए ।

सम्बन्धित समाचार