झापामा छुट्टाछुट्टै दुर्घटना परी दुई जनाको मृत्यु
झापा । झापामा छुट्टाछुट्टै दुर्घटना परी शनिवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनकवलमा करेन्ट लागेर र बिर्तामोडमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
कचनकबल गाउँपालिका २ बस्ने ७३ बर्षीया गङ्गादेवी बस्नेतको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार दिउँसो ३ बजे आफ्नै घरमा बत्ती बाल्ने क्रममा स्विच थिच्दा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
त्यस्तै बिर्तामोड नगरपालिका ४ बस्ने २० वर्षीय सन्दीप अधिकारीको ट्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । शनिवार दिउँसो साढे २ बजे बिर्तामोडको पारिजात टोल स्थितमा मे १ त ७००५ नम्बरको बालुका बोकेको ट्याक्टर अन लोड गर्न ब्याक गर्न खोज्दा ट्याक्टरको डाला पल्टिदा सहचालक अधिकारीको मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ । ट्याक्टर र चालक सोही स्थानका अनिल खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।