२०८३ बैशाख ३ गते , विहीबार
बाह्रदशी जेसीजद्धारा राजगढ बजारमा मास्क वितरण
झापा । प्रस्तावित बाह्रदशी जेसीजले राजगढ बजारमा मास्क वितरण गरेको छ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणको प्रकोप फैलिँदै गएकोले त्यसबाट आफू बच्न र अरूलाई बचाउन मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, हात धुने र सामाजिक दुरी कायम गर्ने जनचेतना मूलक सन्देश प्रवाह बाह्रदशी जेसीजले राजगढ बजारमा ५ सय थान बढी मास्क वितरण गरेको छ ।
सो कार्यक्रममा इलाका प्रहरी कार्यालय राजगढका प्रहरी नायव निरीक्षक मानबहादुर जिम्वा र बाह्रदशी जेसीजका अध्यक्ष विगम श्रेष्ठ लगायत बाह्रदशी जेसीजका सदस्यहरूको सहभागिता रहेको कार्यक्रम संयोजक डा. विवेक गौतमले जानकारी दिए ।A