२०८३ बैशाख ३ गते , विहीबार
कोरोनाबाट आज २७ जनाको मृत्यु, थपिए ७२ सय ११ जना नयाँ संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर ७ हजार २ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा २७ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
देशभर संक्रिय संक्रमित ४८ हजार ७ सय ११ पुगेको मन्त्रालयले जारी गरेको सूचनामा छन्। आज १६ हजार ७ सय ७० जनामा कोरोना परीक्षण गरिएको छ। आज १६ सय १२ जना संक्रमति कोरोना मुक्त भएका छन्।