२०८३ बैशाख २४ गते , विहीबार

झापामा आजदेखि निषेधाज्ञा, यातायातमा जोर-बिजोर प्रणाली लागू

सक्रिय सङ्क्रमित ४४८ पुग्यो

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख १९ गते , आईतबार
झापामा आजदेखि निषेधाज्ञा, यातायातमा जोर-बिजोर प्रणाली लागू

झापा भारतको दुई वटा राज्य पश्चिम बङ्गला विहारसँग जोडिएको झापा जिल्लामा आइतबार मध्यराती १२ बजेदेखि निषेधाज्ञा लगाइएको  

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा समुदायमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले एक साता अर्थात् वैशाख २६ गते आइतबार मध्यराती १२ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो  निषेधाज्ञा उल्लङ्घन गर्ने आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा प्रचलित कानुन बमोजिम सजाय हुने झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन्

निषेधाज्ञामा सर्वसाधारण जनताका लागि अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, सामाजिक दुरी, स्वास्थ्य मापदण्ड पालना गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने, अनिवार्य मास्क स्यानिटाइजरको प्रयोग गर्ने, कुनै पनि भेला, जुलुस, सभा सम्मेलन, छलफल गोष्ठी नगर्ने, हाट बजार, मेला, जात्राm महोत्सव पार्टी, भोज लगायतको भिडभाड हुने कार्य नगर्ने नगराउने, अत्यावश्यक बाहेक १० वर्ष भन्दा मुनि तथा ६० वर्ष भन्दा माथिको उमेरका व्यक्तिहरू तथा दिर्घरोगीले कुनै पनि काममा घर बाहिर नजान आव्हान प्रशासनले गरेको

त्यस्तै सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था, बिमा एव राष्ट्र बैङ्कबाट इजाजत प्राप्त सहकारी संस्थाहरूले आफ्नो कार्यालय कर्मचारीहरूको अवस्था हेरी सम्बन्धित माथिल्लो निकायको स्वीकृति लिई आलोपालो सेवा वा अत्यावश्यक सेवाबाहेक अन्य सेवा हाललाई स्थगित गर्ने निर्णय गरेको सोही निर्णय बमोजिम जिल्ला अधिकांश सरकारी कार्यालय आइतबार सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक सबै सेवा एक साताका लागि बन्द गरिसकेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए

निषेधाज्ञाभरि जिल्लामा सबै प्रकारका सभा, सम्मेलन गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्ग पुल, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिम खाना, समूह खेल्ने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदी सञ्चालन गर्ने नपाइने, सार्वजनिक एव निजी सवारी साधन सिटी रिक्सा समेतले जोर गते जोर नम्बरको तथा बिजोर गते बिजोर नम्बरको सबै प्रकारको सवारीसाधन सञ्चालन गर्ने पाउने, अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूधजन्य पदार्थ, मासु तथा मासुजन्य वस्तु बोकेका सवारीसाधन, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट, रेडक्रस, क्वारेनटाइन, आइसोलेसन, फोहोर मैला व्यवस्थापन, कुरियर तथा डाक सेवा लगायतका ढुवानी तथा यातायातका साधन सञ्चालन गर्न पाउने निर्णय गरेको सञ्चारकर्मीको हकमा प्रेस काउन्सिल, नेपाल पत्रकार महासंघ कार्यरत मिडियाको परिचयपत्र देखाएर सवारीसाधन चलाउन पाउने प्रशासन कार्यालयले जनाएको

औषधि तथा स्वास्थ्य सामग्री पसल बाहेक अन्य पसल बिहान बजेदेखि बिहान ११ बजेसम्म खुल्ला गर्ने, डिपार्टमेन्ट स्टोरको हकमा बिहान बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन गर्ने, सरकारी कर्मचारी, बैङ्क तथा वित्तीय संस्थाका अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा सवारीसाधनमा आवतजावत गर्ने पाउने

त्यसैगरी होटेल तथा रेष्टुरेन्टहरुले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गरी बेलुका बजेसम्म मात्र सञ्चालन गर्न पाउने, विवाह, व्रतबन्ध लगायतका अन्य सामाजिक कार्यमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने त्यसका लागि प्रशासन कार्यालय झापाबाट अनुमित लिनुपर्ने, विवाह व्रतबन्ध जस्ता कार्यक्रममा अन्यत्र जिल्लामा जानु फर्कनु पर्ने भएमा वटा सवारी साधनमा बढीमा सात जना सम्मको लागि स्थानीय तहको सिफारिससहित प्रशासन कार्यालयबाट अनुमित लिनुपर्ने जिल्लाको काँकडभिट्टा नाकाबाहेक अन्य नाकाबाट आवतजावत गर्न निषेध गर्ने जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले निर्णय गरेको

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४८ पुग्यो

तीव्र गतिमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिरहेकोले उच्च स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीलाई स्वास्थ्य कार्यालय झापाले आव्हान गरेको चैतको दोस्रो सातादेखि हाल सम्म जिल्लामा सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको जनाइएको पछिल्लो एक साताभित्र जिल्ला सय बढी संक्रमित थपिएका छन्

जिल्लाका १५ वटै स्थानीय तहमा अहिले कोरोना सङ्क्रमणका बिरामी देखा परेको जनाइएको भारतबाट आउने देशका विभिन्न जिल्ला घुमफिर गरी घर फर्किने व्यक्तिसँगै परिवारका सदस्यमा पनि संक्रमण देखा परेको स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय प्रमुख ईश्वरी पौडेलले जानकारी दिए जिल्लामा हालसम्म सङ्क्रमणबाट १३४ जनाको मृत्यु भइसकेको  

सम्बन्धित समाचार