२०८३ बैशाख २४ गते , विहीबार

झापाको बायोमास बिक्रेट उद्योगमा भीषण आगलागी, १० करोड बढीको क्षति

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २० गते , सोमबार
झापाको बायोमास बिक्रेट उद्योगमा भीषण आगलागी, १० करोड बढीको क्षति

झापा झापाको मेचीनगर १५ ज्यामिरगढीस्थित हडिया उत्तरमा बायो मास बिक्रेट उद्योगमा भीषण आगलागी भएको   सोमबार बिहान बजे लागेको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए

उद्योगभित्र ब्रिकेट उत्पादनका लागि उखुको खोस्टा, पलाई काठका टुक्राहरू प्रयोग गर्न राखिएकोले त्यहाँबाट सल्किएको आगो छिटो फैलिँदा नियन्त्रण गर्न समस्या भएको हो आगो नियन्त्रणका लागि झापा मोरङ जिल्ला गरी आठ वटा दमकल आएका थिए   आगो नियन्त्रणमा दमकलका कर्मचारी, सशस्त्र, नेपाल प्रहरी, स्थानीयवासी परिचालन गरी निभाउने प्रयास भइरहेको डिएसपी थापाले जानकारी दिए आगलागीको कारण भने खुल्न नसकेको उनको भनाई   

आगलागीबाट करिब १० करोड बढीको क्षति भएको उद्योगका सञ्चालक आदित्य पराजुलीले जानकारी दिएका छन् उनका अनुसार उद्योगको दक्षिणीतर्फ ब्रिकेट उत्पादन गरिने भवनमा आगलागी भएको आगलागीबाट भवनसहित मेसिनरी औजार, कच्चा पदार्थ जलेर नष्ट भएको आगलागीको कारण खुल्न नसकेको उद्योगी पराजुलीको भनाई यस विषयमा प्रहरीले अनुसन्धान गर्ने उनको भनाई

उद्योगी पराजुलीले भारतबाट आयातित कोइलामा आत्मनिर्भर नेपालका चिया तथा इँटा उद्योगलाई लक्षित गरी झापामा आधुनिकस्तरको बायो मास ब्रिकेट उद्योगको २०७५ साल फागुन १९ गतेदेखि सञ्चालनमा ल्याएको हो

सम्बन्धित समाचार