२०८३ बैशाख ५ गते , शनिबार
झापाको दमकमा एक कोरोना संक्रमित वृद्धाको मृत्यु
झापा । कोरोना सङ्क्रमणबाट झापाको दमकका एक वृद्धाको मृत्यु भएको छ । दमक नगरपालिका स्वास्थ्य शाखाका अनुसार एक सातादेखि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत दमक नगरपालिका– २ की ६५ वर्षीया एक वृद्धाको सोमबार बिहान मृत्यु भएको छ ।
कोरोना सङ्क्रमणको नयाँ भेरियन्टका कारण यसअघि समेत दमकमा एक वृद्धको निधन भएको थियो । दमकमा आज बिहान सम्ममा नयाँ भेरियन्टका ७० जना सङ्क्रमित फेला परेको स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए ।