२०८३ बैशाख ३ गते , विहीबार

देशभर ३७ जनाको मृत्यु, सोमबार थपिए ७४ सय ४८ कोरोना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २० गते , सोमबार
देशभर ३७ जनाको मृत्यु, सोमबार थपिए ७४ सय ४८ कोरोना संक्रमित

झापा । देशभर पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ । यस्तै ३७ जनाको मृत्यु भएको छ । १६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ७३८८ र ६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यसअघि आइतबार ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।

यही अवधिमा थप २०२१ जना निको भएका छन् । हालसम्म २८६०१५ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४०४१ रहेको छ । नेपालमा हालसम्म ३३६२ जनाले ज्यान गुमाएका छन् ।

सम्बन्धित समाचार