२०८३ बैशाख ४ गते , शुक्रबार
काठमाडौँबाट झापा आएका कोरोना संक्रमितको मृत्यु
झापा । झापामा अर्का कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी ८ का ७० वर्षीय नरप्रसाद उप्रेती रहेका छन् । उनको हिजो साँझ बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो । उप्रेतीलाई पाँच दिनअघि उपचारका लागि काठमाडौँबाट हेलिकप्टरमार्फत बिएण्डसी अस्पताल ल्याइएको थियो ।योसँगै कोरोना सङ्क्रमणबाट झापामा मृत्यु हुनेको सङ्ख्या १३६ पुगेको छ ।