२०८३ बैशाख ३ गते , विहीबार
१६२ जना थपिएसँगै झापामा सक्रिय सङ्क्रमितको सङ्ख्या ७४१ पुग्यो, स्थिति भयावह
झापा । झापामा आज मंगलबार १६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै झापामा सक्रिय संक्रमितको संख्या ७ सय ४१ पुगेको छ ।
जिल्लाको दमक १७, विर्तामोड ३८, गौरादह १२, मेचीनगर १७, भद्रपुर ३७, कनकाई ११, हल्दिवारी , अर्जुनधारा ६ ६,बुद्धशान्ति ३, गौरीगञ्ज १, कमल ८, शिवसताक्षी ३, बाह्रदशी २ र ठेगाना नखुलेको १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आज थप एक जनाको मृत्यू भएको छ भने जम्मा कोरोनाबाट मृत्यू हुनेको संख्या १३६ पुगेको छ ।