२०८३ बैशाख ३ गते , विहीबार

कोरोना कहर : झापामा आज दुई जनाको मृत्यु, थपिए १४६ जना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २२ गते , बुधबार
कोरोना कहर : झापामा आज दुई जनाको मृत्यु, थपिए १४६ जना संक्रमित

झापा । झापामा आज बुधवार १४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । मेची प्रादेशिक प्रयोगशाला भद्रपुर र कोटीहोम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १४६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । कोटीहोममा जम्मा १५७ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै मेचीमा ९१ जनाको परीक्षण गर्दा ७८ जनाको रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाले जनाएको छ । त्यस्तै जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेमा कनकाई नगरपालिका ३ ३ का ४८ वर्षीय पुरुष रहेका छन् ।

उनको आज बिहान विराटनगरको नोबेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो । उनलाई वैशाख १९ गते संक्रमण पुष्टि भएको थियो । भारतको आसामबाट फर्किएपछि उनलाई संक्रमण पुष्टि भएको थियो । त्यस्तै मेचीनगर–६ स्थित काँकडभिट्टाकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको होम आइसोलेसनमा मृत्यु भएको थियो । झापामा दिनानुदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । 

सम्बन्धित समाचार