२०८३ बैशाख ३ गते , विहीबार
देशभर ५८ जनाको मृत्यु, थपिए ८६ सय ५९ जना कोरोना संक्रमित
झापा । देशभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ५८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।