२०८३ बैशाख ३ गते , विहीबार
झापामा थप एक कोरोना सङ्क्रमितको मृत्यु
झापा । झापामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ५ का ५३ वर्षीय पुरुष रहेका छन् । उनको बिहीबार बिहान सवा १० बजे मृत्यु भएको हो ।
होम आइसोलेसनमा बसेका ती सङ्क्रमितको अवस्था गम्भीर बनेपछि उपचारका लागि विराटनगर लैजाने क्रममा बाटैमा मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले जानकारी दिए । उनलाई वैशाख २१ गते विराट मेडिकल कलेजमा संक्रमण पुष्टि भएको थियो ।