२०८३ बैशाख ४ गते , शुक्रबार

सामुदायिक प्रहरीद्वारा कोरोना सङ्क्रमितलाई हर्लिक्स

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २४ गते , शुक्रबार
सामुदायिक प्रहरीद्वारा कोरोना सङ्क्रमितलाई हर्लिक्स

भद्रपुर । सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरले कोरोना भाइरसबाट संक्रमित ४७ जना र प्रस्तुति भएका ८ जना महिलालाई हर्लिक्क वितरण गरेको छ ।
वैशाख २४ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना भाइरसबाट संक्रमित भई उपचारार्थ ४७ जना र प्रस्तुति भई उपचारार्थ ८ जना महिलालाई हर्लिक्क वितरण गरिएको हो । कोरोना भाइरसले कमजोर बनाउने भएकोले बिरामीलाई सहयोग पुगोस् भन्ने हेतु हर्लिक्स वितरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरका महासचिव दीपक अधिकारीले बताए ।
महिलाहरूको सबैभन्दा संवेदनशील अवस्था भनेकै सुत्केरी अवस्था भएकोले यस्तो समयमा तागतिलो खुराकको आवश्यकता पर्ने भएकोले संस्थाले हर्लिक्स वितरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरकी अध्यक्ष शिला खड्काले बताइन् ।
हरहर महादेवको सहयोगमा प्राप्त हर्लिक्स कोरोना भाइरस संक्रमित भई होम आइसोलेसनमा बसेका विपन्न परिवारलाई समेत सहयोग गर्ने योजना रहेको सामुदायिक प्रहरीका कार्यसमिति सदस्य मनोज श्रेष्ठले बताए । कार्यक्रममा सामुदायिक प्रहरीका कार्यसमिति सदस्यद्वय हेमकुमार घिमिरे र उषा केसी सिजापति, सामुदायिक प्रहरी सङ्गीता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार