२०८३ बैशाख ५ गते , शनिबार

भद्रपुरमा आज थपिए ४४ कोरोना संक्रमित, जोखिम बढ्यो

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २५ गते , शनिबार
भद्रपुरमा आज थपिए ४४ कोरोना संक्रमित, जोखिम बढ्यो

झापा । पछिल्लो २४ घण्टामा भद्रपुरमा ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै पटक यति धेरै संक्रमित भेटिएसँगै भद्रपुरमा कोरोनाको जोखिम बढेको छ ।  

नगरपालिका स्वास्थ्य शाखाका अनुसार भद्रपुर वडा नम्बर १ का एक पुरुष, वडा २ का एक महिला र एक पुरुष, वडा ३ का एक महिला र दुई पुरुष, वडा ४ का तीन पुरुष, वडा ५ का एक महिला, वडा ६ का दुई महिला र दुई पुरुष, वडा ७ का छ महिला र सात पुरुष, वडा ८ का एक महिला र दुई पुरुष, वडा ९ का ३ महिला र २ पुरुष र वडा १० का दुई महिला र ५ पुरुष रहेका छन् । 

त्यसमध्ये दुई महिलाको वडा नखुलेको स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । भद्रपुरमा हालसम्म १८२ सक्रिय संक्रमित रहेका छन् । दोस्रो लहरमा दुई जनाको मृत्यु भइसकेको जनाइएको छ । 

 

सम्बन्धित समाचार