२०८३ बैशाख ४ गते , शुक्रबार

देशभर थप ८४ सय १८ जनामा संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २५ गते , शनिबार
देशभर थप ८४ सय १८ जनामा संक्रमण पुष्टि, ५३ जनाको मृत्यु

झापा । देशभर पछिल्लो २४ घण्टामा थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए । 

मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ भने मृतकको कुल संख्या ३६३२ पुगेको छ।  

सम्बन्धित समाचार