२०८३ बैशाख ३ गते , विहीबार

काबुलमा विद्यालय बाहिर कार बम बिस्फोट, विद्यार्थी समेत कम्तीमा ५० जनाको मृत्यु

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २६ गते , आईतबार
काबुलमा विद्यालय बाहिर कार बम बिस्फोट, विद्यार्थी समेत कम्तीमा ५० जनाको मृत्यु

काबुल । अफगानिस्तानको काबुलस्थित एउटा बालिका माध्यमिक विद्यालय बाहिर भएका तीनवटा बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ५० पुगेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार शैयद उल सौहादा माध्यमिक विद्यालय बाहिर शनिबार अपराह्न ४ बजे भएको उक्त विस्फोटमा अरु १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । 

काबुल प्रहरीका प्रवक्ता फरदौस फरामर्जले एउटा विस्फोटको प्रारम्भिक अवस्था हेर्दा कार बम विस्फोटजस्तो देखिएको बताए । अन्य दुई वटा विस्फोटन भने बारुदी सुरुङबाट भएको प्रवक्ता फरदौसले बताए । विद्यार्थीहरु विद्यालय छुट्टी भएर आआफ्ना घरतिर जानै लाग्दा बिस्फोट भएको छ । अधिकांश पीडितहरु विद्यालयका केटाकेटी रहेको अनुमान गरिएको छ । बाटो हिँड्ने व्यक्तिहरुको पनि मृत्यु वा घाइते भएका प्रहरीको भनाई छ । 

अफगानिस्तानको सबैभन्दा ठूलो विद्रोही समूह तालिबान भने उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाएको छ । यस घटनामा इस्लामिक स्टेटको संलग्नता रहेको तालिबानको आरोप छ ।  अफगानिस्तानका राष्ट्रपति मोहम्मद अश्रफ घानीले उक्त आक्रमणको निन्दा एवं भत्र्सना गरेका छन् । उनले घाइतेको सर्वोत्तम उपचारको प्रबन्ध मिलाउन स्वास्थ्य अधिकारीहरुलाई निर्देशन पनि दिएका छन् । –सिन्ह्वा

सम्बन्धित समाचार