२०८३ बैशाख ४ गते , शुक्रबार

देशभर ४ हजार डिस्चार्ज, थपिए ८८ सय ५० जना संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २६ गते , आईतबार
देशभर ४ हजार डिस्चार्ज, थपिए ८८ सय ५० जना संक्रमित

झापा । देशभर थप ८८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा थप ५२ जना संक्रमितको मृत्यु भएकोमा यसअघि मृत्यु भएका थप २६ जनाको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर थप ८८५० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआरबाट ८७७७ र एन्टीजेनबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो ।  काठमाडौँ उपत्यकामा मात्र ४१९८ जना संक्रमित थपिएका छन् । यसमध्ये ३ हजार १६१ जना काठमाडौँ जिल्लामा, ललितपुरमा ५३३ र भक्तपुर ५०४ जना संक्रमित भेटिएका हुन् ।

सम्बन्धित समाचार