२०८३ बैशाख ४ गते , शुक्रबार

झापा प्रहरीको सक्रियता : चार दिनमा १३३ वटा खाली अक्सिजन सिलिण्डर फेला

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २६ गते , आईतबार
झापा प्रहरीको सक्रियता : चार दिनमा १३३ वटा खाली अक्सिजन सिलिण्डर फेला

झापा ।  झापा प्रहरीको सक्रियतामा स्थानीय ग्यारेजबाट १३३ वटा अक्सिजन ग्याँस सिलिण्डर खोजेर निकालेका छन् । प्रहरीले खोजेर निकालेका अक्सिजन सिलिण्डरलाई रिफिल गर्न सम्बन्धित डिलरलाई बुझाएको जनाइएको छ । 
गत बुधबार देखि शनिबार सम्ममा ईलाका प्रहरी कार्यालय दमकले १२ वटा, अनारमनीले ९० वटा, काकडभिट्टाले १२ वटा र धुलाबारीले १९ वटा गरी जम्मा १३३ वटा अक्सिजन सिलिण्डर जम्मा गरेको हो । उक्त जम्मा पारिएको सिलिण्डरहरु रिफिल गर्नको लागी कपुरी ट्रेडर्सलाई १२१ वटा र मातृ ट्रेडर्सलाई १२ वटा जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सो सिलिण्डरहरु प्रहरी कार्यालयहरुले आआफ्नो एरियामा पर्ने ग्यारेजहरु सगुन ग्यारेज, तुलसी ग्यारेज, हस्लेन चेक ग्यारेज, पाथिभरा ग्यारेज, स्माल ग्यारेज, ओम साई अटो ग्यारेज, राजिब ग्यारेजसंग समन्वय गरी जम्मा गरिएको साथै उक्त सिलिण्डरहरु रिफिल गरी आवश्यकता अनुसार कोभिड अस्पतालहरुलाई आपुर्ति गर्ने व्यवस्था मिलाउने समेत प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार