२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडमा अक्सिजनसहित ५० शय्याको आइसोलेसन तयार

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २६ गते , आईतबार
बिर्तामोडमा अक्सिजनसहित ५० शय्याको आइसोलेसन तयार

झापा । बिर्तामोड नगरपालिकाले बढ्दो कोरोना सङ्क्रमणलाई मध्यनजर गरी ५० शय्याको आइसोलेसन तयार पारेको छ । मेची आँखा अस्पतालको भवनमा अक्सिजनसहित ५० शय्याको आइसोलेसन तयार पारिएको नगरपालिकाले जनाएको छ । बढ्दो सङ्क्रमणका कारण आइसोलेसन तयार गरिएको नगरप्रमुख ध्रुवकुमार सिवाकोटीले जानकारी दिए ।

उनले आवश्यकताका आधारमा बढाउँदै लैजाने बताए । आइसोलेसनका लागि हाललाई २ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । नगरपालिकाले यसअघि नै अनारमनिमा रहेको नगर अस्पतालमा अक्सिजन सहित ५ शय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो ।

सम्बन्धित समाचार