२०८३ बैशाख ४ गते , शुक्रबार

माधव समूहको राजीनामा रोकियो, अध्यक्ष ओलीले भने, 'हतारमा निर्णय नगर्नुस्,

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २७ गते , सोमबार
माधव समूहको राजीनामा रोकियो, अध्यक्ष ओलीले भने, 'हतारमा निर्णय नगर्नुस्,

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले राजीनामा नदिने भएको छ। उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने भएको छ। राजीनामा दिन संसद सचिवालय सिंहदरबारमा पुगेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने र संसद बैठकमा भने उपस्थित हुने निर्णय गरेको उक्त समूहका नेता भीम रावलले जानकारी दिए। उता  प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको संभावना अझै नसकिएको बताएका छन्।  उनले हतारमा कुनै निर्णय नगर्न पनि सांसदहरुलाई अपिल गरेका छन्।  माधव नेपाल समूहले राजीनामाको तयारी गरिरहेको बेला प्रधानमन्त्री ओलीको यस्तो अपिल आएको हो। 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ। त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ। यस्तो अवस्थामा आन्तरिक मतभेद वा असन्तुष्टि केही भए आपसी छलफलबाट समाधान गर्न सकिने नै छ। तसर्थ, हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु। आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं।’

सम्बन्धित समाचार