२०८३ बैशाख ४ गते , शुक्रबार

'मलाई विश्वासको मत दिए, फेरि संसद् विघटन हुँदैन'

sajilo news
पार्थ मण्डल
२०७८ बैशाख २७ गते , सोमबार
'मलाई विश्वासको मत दिए, फेरि संसद् विघटन हुँदैन'

काठमाडौं । आफूलाई विश्वासको मत दिए प्रतिनिधिसभा फेरि विघटन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। प्रतिनिधिसभामा विश्वासको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आफूलाई भोट नदिए संसद् विघटनतिर धकेलिने उनले चेतावनी दिए। 

'मलाई मत दिनुस्, कसरी संसद् विघटन हुन्छ रु आफैं मत नदिने, विघटनतिर धकेल्ने अनि दोष अरुलाई दिने ओलीले भने। उनले माओवादीले समर्थन दिएको प्रति व्यंग्य गर्दै भने, 'दिँदै नदिएको समर्थन कसरी फिर्ता लिनुभो?,

उनले प्रतिपक्षी दलहरूलाई सोधे, 'आफै भीरतिर हाम फाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिनेरु विश्वासको मत दिएर स्थिरताको पक्षमा काम गरौं,' उनले संवाद र सहमतिका साथ अघि बढ्न बारम्बार भनिरहे। 

उनले थपे, 'मसँग बहुमत छ कसरी राजीनामा गर्ने मैलेरु सभा किन गर्यो भनेर भने। जनता कति आउँदा रैछन् भन्ने मैले त्यहीँ गरेर देखाइदिएँ। मान्छे हेर्न आऊ भने अनि मैले गएर देखाइदिएँ। त्यति मात्रै हो,' ओलीले भने।

उनले फेरि भने, 'एउटा चर्चित भनाइ छ, कुराले चिउरा भिज्दैन। हामीले सहयात्रा चाहेको भए त्यही बाटो लागौं न। सहमति भएन भने संविधानअनुसार बाटो खोज्नुपर्छ। उपर्युक्त ढंगले देशलाई अगाडि बनाउनुपर्छ। 

विश्वासको मत भनेको संसदभित्रको प्रक्रिया भएको उनले बताए। 'मैले संसदको विश्वास पुष्टि ममाथि हुँदैन भने मैले मार्ग प्रशस्त गर्नुपर्छ। संसदले आज दियोस्। आज कसको उपस्थिति छ कसको छैन त्यो पनि म बुझ्छु।'

उनले संसद विघटन गर्ने आफ्नो षड्यन्त्र भए चकनाचुर गर्न पनि चुनौती दिए। उनले अन्त्यमा संसदमा विश्वासको पक्षमा मतदान गर्न फेरि पनि आग्रह गरे।  थाहाखबरबाट

सम्बन्धित समाचार